धरान : धरान १७ स्थित ऐन्फा एकेडेमी म्यानेजमेन्ट कमिटिले गत हप्ता त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाललाई जिताउन फाइनल खेलमा गोल गरेर म्यान अफ द म्याचको समेत उपाधि हासिल गरेका धरान एकेडेमीका पहिलो ब्याच सन्जोक राईलाई सम्मान गरेको छ ।
उनलाई नगद ५ हजारसहित प्रशंसा पत्रले शनिबार (आज) सम्मान गरिएको हो ।
कार्यक्रममा ऐकेडेमीका २०६६ का तेस्रो ब्याच टिमका संयोजक दिपेश (मोहन) कट्वालका टिमले राष्ट्रिय खेलाडी सन्जोक राई र धरान एकेडेमीका पूर्व प्रशिक्षक तथा प्रतिनिधिहरुलाई टि–सर्ट, सुट दिएर सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, एन्फाका केन्द्रीय वरिष्ठ उपध्यक्ष पंकज नेम्वाङले उक्त सम्मान कार्यक्रमले खेलाडीमा उत्प्रेरणा बढ्ने बताए । उनले खेलाडीहरुको हौसला बढ्ने बताउँदै त्रिदेशीय राष्ट्रिय फुटबल विजेता खेलाडीहरुको उच्च मनोबल बढाउनको निम्ति आफूले सरकारसँग पहल गरेको र जनही ४ लाख नगद दिएर सम्मान गरिएको बताए ।

कार्यक्रमका सभाध्यक्ष एन्फा ऐकेडेमी मेनेज्मेन्टका अध्यक्ष एव ऐन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले खेलमा अनुशासन र लगनशीलता आवश्यक रहेको र त्यो सन्जोगमा रहेको बताएका थिए । उनले आपसी सद्भाव बढाउनुको साथै समाजमा एउटा असल इमान्दार र व्यवसायिक, उत्कृष्ट खेलाडी बनाउन आफूहरु जुटेको बताए ।
कार्यक्रममा ऐन्फा ऐकेडेमीका सचिव प्रताप तामाङले सञ्चालन गरेका थिए भने एन्फा एकेडेमीका उपाध्यक्ष नवीन राई, एन्फाका केन्द्रीय सदस्य दीपक राई, धरान ऐकेडेमीका तेस्रो ब्याचका टिम क्याप्टन शुभम श्रेष्ठ समेतले बोलेका थिए ।
त्यस्तै, पूर्व राष्ट्रिय खेलाडी एंव ऐकेडेमीका फुटबल प्रशिक्षक ईन्दु रसाईली, फुटबल संघका प्रदेश नं. १ का सदस्य सुदीप उप्रेती र एन्फा ऐकेडेमीका ईन्चार्च गोपाल कार्की लगायतको उपस्थिति रहेका थिए ।













Discussion about this post