इटहरी : नेपाल पत्रकार महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्ला कार्यसमितिमा २० पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ ।
आइतबार इटहरीको लायन्स क्लबको हलमा मनोनयन दर्ता गर्ने क्रममा २० पदका लागि ४६ जनाले उम्मेद्वारी दिएका हुन् ।
अध्यक्ष पदमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतारी नेपालको तर्फबाट साझा उम्मेदवार जनकऋषि राई, प्रेस चौतारी नेपाल ओली पक्षबाट सन्तोष काफ्ले, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद् गुरागाईँले उम्मेद्वारी दिएका छन् ।

उपाध्यक्षमा गणेश निरौला र सुमन पुरी, उपाध्यक्ष महिलाको उम्मेदवारमा रञ्जना पौडेल, उषाकिरण भट्टराई, मनिता चाम्लिङ र सुमित्रा राईको उम्मेद्वारी परेको छ ।
सचिव पदको उम्मेदवारमा ध्रुव ढकाल, दिनेश गजमेर, पर्शुराम बाह्रकोटी र भरतराज शर्माको उम्मेदवारी परेको छ । सहसचिवमा तीर्थबहादुर कार्की, विकल रेग्मी र हिमाल राईको उम्मेदवारी परेको छ ।
यसैगरी सहसचिव समावेशीमा प्रदीप कुमार चौधरी र भोला श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा अजित कुमार झा, कृष्ण बहाव भट्टराई र निशान थारुको उम्मेदवारी परेको छ । महिला सदस्यमा देवीका चाम्लिङ राई र शान्ता निरौलाको उम्मेदवारी परेको छ ।
दलित सदस्यमा पुनम विश्वकर्मा र सुविन विश्वकर्मा, मधेसी सदस्यमा वीरेन्द्रकुमार शाह र लुकमान अन्सारी, सदस्य जनजातिमा पारस राई र सदस्य समावेशी, अल्पसङ्ख्यकमा मोहम्मद मिकाईलको उम्मेदवारी परेको छ ।

जिल्ला कार्य समितिको खुल्ला सदस्यमा विवेक रेग्मी, रामबहादुर कटवाल (आरबी), संगम विष्ट, सुस्मिता राई, सुक्रान्त राई, विनोद आचार्य, निश्चल शर्मा, अर्जुन पौडेल, जमुना श्रेष्ठ, जीवन विष्ट, दीपेन्द्र कुमार यादव, नवीन चर्मकार, वसन्त बान्तवा राई, विजयकुमार राई, मोहम्मद मुस्ताक आलम, रमेश पौडेल र त्रिलोचन पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी केन्द्रीय परिषद् सदस्य खुल्लामा ७ जना, केन्द्रीय परिषद् सदस्य महिलामा २ जना, केन्द्रीय परिषद् सदस्य समावेशीमा ६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश परिषद् सदस्य खुल्लामा २० जनाको, प्रदेश परिषद्को महिला सदस्यमा १ जना कानुन कार्कीको उम्मेदवारी परेको छ ।
यसै गरी प्रदेश समावेशी सदस्यमा ७ जनाको पदमा ५ जनाको मात्र उम्मेदवारी परेको छ ।
उम्मेदवारीको दाबी विरोधको समय सोमबार साढे १२ बजे सम्म उम्मेदवारी फिर्ता दिउँसो २ बजे सम्म र अन्तिम नामावली प्रकाशन सोमबार अपराह्न ४ बजे हुने निर्वाचन अधिकृत विष्णु बरालले जानकारी दिए ।

उम्मेद्वारी दर्तासँगै चुनावी सरगर्मी पनि बढेको छ । एक पदका लागि अध्यक्षमा चारजनाको उम्मेद्वारी परेपछि अहिले कसको पल्ला भारी हुने भन्ने विषयमा पनि चिया पसलहरुमा गफ हुने गरेको पाइन्छ ।
युनियनका तर्फबाट दुईजनाले बागी उम्मेद्वारी दिएपछि पनि यतिबेला चुनावी सरगर्मी बढेको हो ।














Discussion about this post