Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नेपालमा दैनिक सात महिला बलात्कृत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २६, २०७७
in विविध, समाचार
0
नेपालमा दैनिक सात महिला बलात्कृत

स्रोत : गोरखापत्र ।

190
SHARES
Share on FacebookShare on Twitter

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ ।

नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ । कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जनामाथि बलात्कार भएको छ । औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् ।

यसैगरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र–इन्सेकको महिला तथा बालिकामाथि भएको हिंसासम्बन्धी अध्ययन प्रतिवेदन महिला हिंसा यो वर्ष बढेको उल्लेख छ ।

तथ्याङ्क अनुसार सन् २०१८ मा सात को हाराहारीमा बलात्कारका घटना भएकोमा सन् २०२० को अगस्टसम्म दोब्बर घटना भएको देखिएको छ । यस वर्ष एक हजार चारसय भन्दा बढी महिला तथा बालिकामाथि बलात्कार भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

यसैगरी, ओरेक नेपालको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष मा १४३ वटा बलात्कार र १८ वटा बलात्कार प्रयासको घटना अभिलेखन भएकोमा यस वर्षे भदौसम्म मात्रै १७८ वटा बलात्कार र ४० वटा बलात्कार प्रयासका घटना भएका छन् ।

यसले नेपालमा महिला मानवअधिकार हनन्को भयानक अवस्थालाई चित्रण गर्दछ । शारीरिक, मानसिक, यौनजन्य यातना, विभेद, असमानता र अन्यायका कारण महिला हिंसा बढेको देखिएको यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूकाे भनाइ छ ।

कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन नसकेको महिला अधिकारकर्मी डा.रेणु अधिकारीको भनाइ छ । नेपालमा ठूला राजनीतिक परिवर्तन भए पनि ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्नो तर्फबाट भूमिका निर्वाह गरेका महिलाहरूको जीवन र मर्यादामा उल्लेखनीय परिवर्तन आउन नसकेको हो ।

समाजमा व्याप्त पितृ सत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नी निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यून सहभागिता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणको रूपमा रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘नेपालमा यौन तथा महिला हिंसा धेरै छन्, महिला परिवारमा फोकस भएर बस्नुपर्ने र मानसिक तनावका कारणले लकडाउनमा हिंसा झन् बढेको हो ।’त्यस्तो समस्याको लागि नेपालमा विभिन्न हटलाइनहरु सञ्चालनमा छन् । यस्तै, महिला र पुरुषबीच विद्यमानंं सामाजिक विभेदका कारण महिलामाथि हिंसा भइरहेको मनोविमर्शकर्ता कञ्चन राउतको भनाइ छ ।

महिलामाथि हत्या, बलात्कार, यौन दुर्व्यवहार, अपहरण, बेचबिखन, कुटपिट गरी कुरुप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने, गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहारले गरिने विभेद नै महिला हिंसा रहेको र यस्तो घटनाहरु दैनिकरुपमा हुने गरेको उनको भनाइ छ ।

दीपा चौधरीले लेखेको यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।

Tags: #बलात्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.