इटहरी : चारकोसे झाडीमा झुन्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् ।
शुक्रबार विहान चारकोसेमा झुन्डिएर सुनसरी रामधुनी ७ का राजन कटुवालले झुन्डिएर आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय पकलीका अनुसार ५० वर्षीय कटुवालले आज (शुक्रबार) विहान झुन्डिएर आत्महत्या गरेका हुन् । कटुवालका एक छोरी र दुई छोरा रहेका छन् । एक छोरा केही दिन अघि मात्रै विदेशबाट आएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
घरदेखि नजिकै रहेको चारकोसेमा उनले आत्महत्या गरेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post