Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कुनैपनि बेला प्रदेश सरकार ढल्न सक्छ : राजीव कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७७
in समाचार
0
कुनैपनि बेला प्रदेश सरकार ढल्न सक्छ : राजीव कोइराला

तस्वीर : पवन अधिकारी ।

269
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले कुनैपनि बेला प्रदेश सरकार ढल्ने बताएका छन् ।

सोमबार ट्रेड युनियन कांग्रेस इटहरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले कुनै पनि समयमा प्रदेश १ सरकार ढल्न सक्ने बताएका हुन् ।

उनले भने, ‘बाहिर देख्दा जति बलियो देखिएपनि भित्र असाध्यै कमजोर अवस्थामा छ, कुनैपनि बेला प्रदेश सरकार ढल्न सक्छ ।’

कांग्रेस सरकारमा जान आतुर नभएपनि व्यवस्था बचाउनका लागि कांग्रेसको विकल्प नरहेको उनले बताए ।

कोइरालाले भने, ‘आइपरेको अवस्थामा कांग्रेस सरकारमा जानपनि तयार हुनुपर्छ, हामी जिम्मेवारीबाट पछि हट्दैनौँ । कम्युनिष्ट नेतृत्वले व्यवस्था धरापमा परेको अवस्था छ ।’

लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित गर्न जनताले लोकतान्त्रिक दललाई नै अभिमत दिएमा मात्र मुलकमा राजनीतिक स्थिरता र समृद्धको बाटोतर्फ अघि बढ्ने उनको तर्क थियो । ‘लोकतान्त्रिक व्यवस्थामा अभ्यस्त हुँदै गरेका कम्युनिष्टले दुइतिहाई पाएपछि देश दुर्घटनाको अवस्थामा पुगेको छ,’ उनले भने ।

कोरोनाले थलिएको समयमा वर्तमान प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरेर मुलुकमा राजनीतिक तरंग उत्पन्न भएको भन्दै कोइरालाले ‘तीते करेलामाथि नीम’ को संज्ञा दिए ।

कार्यक्रममा १ नं. प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले राजनीति गर्ने मानिसले जनताका लागि समपर्ण र त्याग गर्न आवश्यक रहेको उदृत गरे ।

मुलुकमा त्याग र समपर्ण नभएका कारण पछिल्लो समय भ्रष्टाचारका घटना पनि बढेको उनले बताए । श्रमको उचित सम्मान नभएसम्म राष्ट्र निर्माण नहुने उनको तर्क थियो ।

ट्रेड युनियन इटहरीका अध्यक्ष गोकुल थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य बलराम भट्टराई, नेपाल नाई संघ सुनसरी अध्यक्ष माधव चौधरी, नेविसंघ सुनसरी अध्यक्ष मन्दिप भट्टराई, नेपाली कांग्रेस इटहरी सहसभापती कोबितजंग कार्की, कांग्रेस सुनसरी सचिव केदार भन्डारी, कांग्रेस नेतृ बिमला ढकाल, प्रदेश सांसद ज्योति सुब्बा लगायतले बोलेका थिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसराजीव कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ। नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1115 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.