धरान : धरान १२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ ट्याङ्किमा बिजुलीको तार र मेशिनरी संरचनाहरुमा गएराति आएको हावाहुरीले क्षति पुर्याएको छ ।
हावाहुरीले रिजर्भ ट्याङ्किको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति पुर्याएको खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलले जानकारी दिए ।
उनका अनुसार मुख्य विद्युत सप्लाई हुने कन्ट्रोल प्यानलमा क्षति पुर्याएको हो । कन्ट्रोल प्यानल बिग्रिएको कारण आज (शुक्रबार) धरानको १२, ९, १०, ११, १८ र २ नं. वडामा खानेपानी वितरण नहुने भएको छ ।
आज स्वस्तिका चौकदेखि पूर्व चतरा लाइन, भानुचौक, बगैँचा लाइन, आचार्य लाइन, पुतली लाइन, कलेज रोड लगायतका स्थानहरुमा पानी वितरण गर्ने पालो रहेको थियो । तर, हावाहुरीले गएराति ११ बजेदेखि ट्याङ्कि बिग्रिएकाले प्राविधिक कर्मचारीले बनाउने प्रयास गरिरहेको पोखरेलले बताए ।
उनले भने, ‘बिग्रिएको संरचना बन्ने बित्तिकै खानेपानी वितरण गर्छौ, अहिले कर्मचारीहरु खटिरहेका छन् ।’














Discussion about this post