Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शहीद स्कुल अनियमितता प्रकरण : प्रधानाध्यापक र लेखापाललाई निष्कासन, विद्यार्थी आन्दोलनमा उत्रिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०७८
in टाकुरा विशेष, समाचार
0
शहीद स्कुल अनियमितता प्रकरण : प्रधानाध्यापक र लेखापाललाई निष्कासन, विद्यार्थी आन्दोलनमा उत्रिए
729
SHARES
Share on FacebookShare on Twitter

इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भएको अनियमितता बाहिरिने डरले स्कुलका प्रधानाध्यापक र लेखापाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट निष्कासन गरेको छ ।

विद्यालयभित्र भएको आर्थिक अनियमितता ढाकछोप गर्न र नीतिगत भ्रष्टाचार लुकाउनका लागि शिक्षा नियमावली ऐन विपरीत विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई जिम्मेवारीबाट निष्कासन गरेको हो ।

केहीदिन अगाडि स्थानीयले संघर्ष समिति बनाएर विद्यालयमा भए, गरेका आर्थिक हरहिसाब सार्वजनिक गर्न माग गरेका थिए ।

अभिभावकहरूले व्यवस्थापन समिति बिरूद्ध ज्ञापन पत्र बुझाउँदै केहीदिन अघिमात्रै बिद्यालय परिसरमा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक लक्ष्मणकुमार राईले बताए ।

द्वन्दकालको समयमा मारिएका, अपाङ्ग, अशक्तका छोराछोरी अध्यापन गराउने उदेश्यले स्थापना भएको विद्यालयमा केही सीमित मानिसहरुले रजाईँ गरेको र आर्थिक अनियमितता गरेकाले आफूहरुले संघर्ष समिति बनाएर दबाबमुलक रुपमा अघि बढेको राईले बताए ।

द्धन्दपीडित तथा सहिदका छोराछोरी अध्यापन गराउने उदेश्यले स्थापना भएको उक्त विद्यालयमा बर्षौअगाडिदेखि आर्थिक अनियमितता हुँदै आएपनि छानबिन नभएको र स्थानीयले हिसाब सार्वजनिक गर्न माग गर्दा पनि विद्यालय व्यवस्थापन समितिले वास्ता नगरेको उनले बताए ।

‘हामीले पटक–पटक विद्यालयमा हिसाब सार्वजनिक गर्न माग गरेपनि आनाकानी गरिएको छ,’ उनले भने, ‘यहाँ अध्ययन गर्ने बालबालिका सबै पहुँचवालाको सिफारिसमा आएका छन्, खर्चको पारदर्शीता भएन ।’ उनले उक्त विद्यालय माओबादीको सिन्डिकेट जस्तै भएको आरोप लगाए ।

‘पीडितको नाममा बिचौलियाहरु हावी भएको अवस्था छ, स्कुलमा भएको बेथितिबिरुद्ध हो हाम्रो संघर्ष,’ उनले अगाडि थपे, ‘यो विद्यालय माओबादीको सिन्डिकेट जस्तै भएको छ, आवश्यक छानबिन गरी पाउँ भनी जिल्ला प्रशासनमा समेत उजुरी गरेका छौँ ।’

उनले स्थापनाकालमा रहेका मानिसहरु नै विभिन्न पटक एउटै पदमा रही आर्थिक अनियमितता गर्दै आएको आरोप लगाए ।

केही दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निष्पक्ष छानबिन गर्न भन्दै संघर्ष समितिले उजुरी समेत गरेको उनले बताए ।

‘नेताहरु आउँदा ट्याक्सी भाडा समेत विद्यालय प्रशासनले तिर्ने गरेको छ,’ सोही विद्यालयमा आफ्नी छोरी अध्यापन गराउँदै आएका स्थानीय अभिभावक दीलिप बनले टाकुरासँग भने, ‘विद्यालयमा राजनीतिकरण होइन, गुणस्तरीय शिक्षा हुनुपर्छ ।’

उनले बिना प्रतिस्पर्धा र बिना विज्ञापन शिक्षक नियुक्ति गरेको उल्लेख गर्दै भने, ‘यहाँ जति विद्यार्थी अध्यापन गर्छन्, त्यो सबै खर्च नेपाल सरकारले व्यहोर्छ, तर हामी अहिले पनि कपडा तथा कापीकलम किन्न बाध्य छौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी लगायतका मानिसहरुले दश वर्ष अगाडिदेखि कार्यरत शिक्षकहरुलाई गैरजिम्मेवारीपूर्वक निष्कासन गरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

विद्यालय व्यवस्थापन समितिबिरुद्ध रुष्ट बनेका विद्यार्थीहरुले नाराबाजी सहित निष्कासन गरिएका प्रअ र लेखापाललाई पुनः सम्मानजनक रुपमा पदबहाली हुनुपर्ने माग राखेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले व्यवस्थापन समितिको कार्यकक्षमा तालाबन्दी गर्दै नाराबाजी गरेका हुन् ।

शिक्षक निष्कासन र विद्यार्थी आन्दोलनपछि इटहरी उपमहानगरपालिकाले पनि आवश्यक छानबिन अगाडि बढाएको जनाएको छ । इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावक र प्रअबीच छलफल राखिएपनि एकिन निक्र्यौल आउन सकेको छैन ।

‘यो आन्तरिक व्यवस्थापकीय समस्या समाधान भएकाले विद्यालयमै समाधान गर्नका लागि छलफल भएको छ,’ सुवेदीले टाकुरासँग भने, ‘सामान्य हिसाबमा बुझ्दा प्रधानाध्यापक र व्यवस्थापन समितिबीचको दूरी बढेको देखिन्छ, हामीले जनप्रतिनिधि, अभिभावक र संघर्ष समिति राखेर समस्या समाधान गर्न भनेका छौँ ।’

उनले त्यहाँ अध्यापन गराउने सबै शिक्षक करारमा रहेको र हाल प्रधानाध्यापक र लेखापाल बाहेक अन्यको म्याद थप गरिएको बताए ।

‘विद्यालय व्यवस्थापन समितिले प्रअ र लेखापाल बाहेक अन्य शिक्षकहरुको करारको म्याद थपेको रहेछ,’ उनले भने, ‘त्यसरी केही सीमित व्यक्तिलाई मनपरी रुपमा निष्कासन गर्न नियमले दिदैँन, स्थानीयबासीले पनि असन्तुष्टि व्यक्त गरेका कारण आवश्यक छानबिनको प्रक्रियामा छौँ ।’

सरकारले वार्षिक रुपमा तीन करोड २२ लाख रुपैँया उक्त विद्यालयलाई बजेट बिनियोजन गर्दै आएको छ । ‘तलव, भत्ता, होस्टेल लगायतका विषयमा वार्षिक बजेट बिनियोजन हुँदै आएको छ, विद्यार्थी संख्याको पनि कुरा छ । हाल स्थानीयबासीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।’ सुवेदीले भने ।

Tags: #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद
विविध

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

by रासस
असार २९, २०८३
0

इलाम : मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड...

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    452 shares
    Share 181 Tweet 113
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.