धरान : नेपाल पत्रकार महासंघको गत २५ गते सम्पन्न निर्वाचनमा सुनसरीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
धरानमा मंगलबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १, अखिल नेपाल फुटबल संघ प्रदेश १ का अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष किशोर राई र धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले भिन्नाभिन्नै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।
मंगलबार धरान १८ स्थित बिमल स्मृति पुस्तकालयको सभाहलमा कांग्रेस क्षेत्र नं. १ ले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, धरानका मेयर तिलक राई, कांग्रेसका क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति थियो ।

अखिल नेपाल फुटबल संघ प्रदेश १ का अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष किशोर राईले पत्रकार महासंघ सुनसरीको कार्यालयमै नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै कार्यसफलताको शुभकामना दिएका थिए । महासंघलाई आफूले सक्ने जस्तोसुकै सहयोग समेत गर्न तयार रहेको उनले बताए ।
साथै, धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले पनि वडा कार्यालयमा विहान स्वागत सम्मान गर्दै कार्यसफलताको शुभकामना दिएका थिए ।















Discussion about this post