इटहरी : सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसन इटहरीले आयोजना गर्न लागेको “अल नेपाल हाल्फ म्याराथन” स्थगित भएको छ ।
कोरोना संक्रमणको गति तीव्र भएसँगै तत्कालका लागि म्याराथन स्थगित गरिएको फाउन्डेसनका अध्यक्ष राम निरौलाले जानकारी दिए ।
उनका अनुसार वैशाख ११ गते शनिबार इटहरीको आँपगाछीदेखि धरानको तीनकुने पुगेर यहीँ फर्किनुपर्ने गरी तयारी गरिएको थियो । तर, कोभिडका कारण तत्कालका लागि स्थगित गरिएको उनले बताए ।
“तत्काल वैशाखभरका लागि प्रशासनको अनुमतिले स्थगित गरिएको हो” उनले भने, “वैशाखपछि कोभिडको अवस्था मध्यनजर गरेर पुनः आयोजना गर्नेगरी तत्काल रोकिएको हो ।”
यसअघि म्याराथनमा प्रथम हुनेलाई नगदसहित ट्रफी र मेडल दिने तयारी गरिएको थियो । सहभागी शुल्क पाँच सय रुपैयाँ राखिएको थियो । पुरुष र महिला गरि हालसम्म दुई सय छ जनाले फारम भरेका छन् ।
उनीहरूमध्य प्रथम, द्वितीय, तृतीय र शान्तवना हुने पुरुषले क्रमशः एक लाख ५० हजार, एक लाख, पचास हजार र दस हजार हात पार्नेछन् ।
त्यस्तै, महिलाले ३० हजार, बीस हजार, दस हजार र पाँच हजार हात पार्नेछन् । उनीहरुले भने आँपगाछीदेखि चारकोसेको दुई नं. ट्याङ्की सम्म रनिङ गर्नुपर्नेगरि तयारी गरिएको थियो ।














Discussion about this post