इटहरी : इटहरी ९ स्थितबाट आज विहान साढे ९ बजे अबैध रुपमा भन्सार छलेर ल्याएको कपडासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु बस्ने ३० वर्षीय शिवचन्द्र चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार करीब १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु बरामद गरिएको छ ।
को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छलेर ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ थान, गम्छा ३२५ थान र बेहुलीको साडी ९७ थान फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको लत्ताकपडा, ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान टहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post