Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शहीद स्कुल अनियमितता प्रकरण : आन्दोलन उत्कर्षमा, विद्यालयमा तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०७८
in टाकुरा विशेष, समाचार
0
शहीद स्कुल अनियमितता प्रकरण : आन्दोलन उत्कर्षमा, विद्यालयमा तालाबन्दी
312
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भएको अनियमितता प्रकरण उत्कर्षमा पुगेको छ ।

इटहरी १९ मा रहेको शहीद स्मृति विद्यालयमा अनियमितता भएको भन्दै स्थानीयबासीले केही हप्ता अघि संघर्ष समिति बनाएर छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालय, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत गरेका थिए ।

तर, अघिल्लो साता इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको कुरा सोही ठाउँमा मिलाउन भन्दै विद्यालय व्यवस्थापन समिति, स्थानीयबासी र सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । उपमहानगरपालिकाले निर्देशन दिएपनि हालसम्म समस्याको निक्र्यौल ननिस्किदाँ आन्दोलन उत्कर्षमा पुगेको हो ।

सोमबार स्थानीयबासीसहित अनेरास्ववियू सुनसरीले विद्यालयमा नाराबाजी गर्दै तालाबन्दी गरेको छ ।

अनेरास्ववियू सुनसरीका अध्यक्ष रोशन रेग्मीका अनुसार विद्यालयलाई पार्टीगत गुटको राजनीति गर्दै लगेको र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले तालाबन्दी गरिएको हो । उनले भने, ‘विद्यालयमा भएका सबै आर्थिक गतिविधि सत्यतथ्य सार्वजिनक गर्नुपर्छ, हामीले सूचनाको हक प्रयोग गरेर फेहरिस्त माग गरेका छौँ ।’ रेग्मीले विद्यार्थीलाई सबल बनाउनका लागि विद्यालयको बेथिति हल गरिनुपर्ने तर्क गरे ।

‘एउटा पार्टीको सिन्डिकेट भयो भन्ने हल्ला छ, यो नियमविपरीत छ,’ उनले भने, ‘तुरुन्त वार्ता बसेर यसको हल हुनुपर्छ, यो हाम्रो चरणबद्ध आन्दोलनको पहिलो रुप हो, विद्यालयमा गुटगत राजनीति हुनुहुँदैन ।’ विद्यालयमा भएको भ्रष्टाचार न्यूनीकरण गरी विद्यार्थीको हक हितका लागि विद्यालय व्यवस्थापन समिति प्रतिबद्ध नभएसम्म आँफूहरुको आन्दोलन जारी रहने उनले बताए ।

स्थानीय सरोज ढकालले विद्यालयमा बिना बिज्ञापन कर्मचारी नियुक्ति गरेर राजनीतिक सिन्डिकेट जस्तै बनाएको आरोप लगाए । उनले टाकुरालाई भने, ‘तत्काल कार्यदल निर्माण बनाएर छलफल गरी समस्या निरुपण हुन आवश्यक छ ।’

विद्यालयमा भएको एकदलीय राजनीतिक सिन्डिकेट अन्त्य हुनुपर्ने ढकालले बताए । ‘बेथितिको अन्त्यका लागि हामीले आवाज उठाएका हौँ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले राजनीतिक आस्थाका आधारमा दुई कर्मचारी निकाला गरेको घटनाले पनि शंका गर्ने ठाउँ छ ।’

विद्यालय व्यवस्थापन समितिले एउटा पार्टीको मात्रै शहीद जस्तो रहेको संकेत गरेकाले समेत विद्यालयमा बेथिति रहेको उनको बुझाई छ ।

शहीदका छोराछोरी, अपाङ्ग, अशक्त तथा द्वन्द्वपीडित बालबालिका अध्यापन गराउनका लागि स्थापना भएको उक्त विद्यालयमा केही सीमित व्यक्तिका कारण बेथिति बढेको भन्दै संघर्ष समिति बनाइएको थियो । संघर्ष समिति बनेको केहीदिनमै विद्यालयका प्रिन्सिपल शिवचन्द्र राई र लेखापाल लीला काफ्लेलाई विद्यालयबाट निकाला गरिएको थियो ।

उनीहरुलाई निकाला गरिएपछि भने विद्यालयमा झनै आन्दोलन उत्कर्षमा पुगेको छ ।

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले भने खास समस्या नभएको प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा भने, ‘समस्या त खास त्यस्तो केही होइन, समस्या चैँ बनाएका छन् साथीहरुले ।’

विद्यालयमा भ्रष्टाचार भएको भन्ने विषयमा भने सम्बन्धित निकायले छानबिन गर्न कुनै आपत्तिको विषय नरहेने उनले बताए ।

‘छानबिन गर्ने निकाय छ, अख्तियार पनि छ, नगर शिक्षा छ, प्रक्रिया बिधिबाट आएर छानबिन गर्दा व्यवस्थापन समितिलाई कुनै आपत्ति छैन,’ गिरीले टाकुरासँग भने, ‘हामीले प्रिन्सिपल र लेखापाललाई निष्कासन गरेका होइनौँ, उहाँहरुको करार सम्झौता सकिएको हो ।’

आँफूहरुले व्यक्तिगत आधारमा निष्कासन गरेको नभई केन्द्रीय प्रतिष्ठानबाट अनुमगन समिति आएर आन्तरिक समस्याको बारेमा बुझेको थियो । सो समितिले दुईजना कर्मचारीको करार सम्झौता सकिएको जानकारी गराइएको उनले बताए ।

यो पनि – शहीद स्कुल अनियमितता प्रकरण : प्रधानाध्यापक र लेखापाललाई निष्कासन, विद्यार्थी आन्दोलनमा उत्रिए

Tags: #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?
FEATURE BREAKING

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
समाचार

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

by रासस
बैशाख १९, २०८३
0

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1529 shares
    Share 612 Tweet 382
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    571 shares
    Share 228 Tweet 143
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.