मोरङ : मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आइतबारे बजारबाट प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ वर्षीय सागर तामाङ र सोही स्थानका १७ वर्षीय दीपेश राजवंशी रहेका छन् ।
मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धित औषधी Tramol – १०० चक्की र डिकोलिक – १०० चक्कीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post