तरहरा : इटहरी उपमहानगरले वजार अनुगमनलाई तीब्र वनाएको छ ।
उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च र नेपाल प्रहरीको सहभागितामा इटहरीका विभिन्न वडामा अनुगमन गरिएको हो ।
इटहरी २० तरहरा, इटहरी १ आँपगाछी लगायतका ९ वटा पसल अनुगमन गरिएको थियो ।
९ वटा पसलमध्ये चार वटा पसलमा म्याद गुज्रिएका सामान फेला परेकाले बरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिए ।
उनका अनुसार विभिन्न चारवटा पसलमा कोकाकोला, स्प्राइट, रियल जुस, हुलास वेसन लगायतका सामान म्याद गुज्रिएको पाइएकाले बरामद गरि नष्ट गरिएको हो ।
कोरोना महामारीका कारण उपभोक्ता ठगिने भएकाले निरन्तर अनुगमनलाई तीब्रता दिइने उपप्रमुख गौतमले बताइन् ।
















Discussion about this post