तरहरा : हिपहप नेपाल ग्रुपले कोरोना महामारीबाट बच्नका लागि मास्क वितरण गरेको छ ।
आइतबार इटहरी २० तरहरा बजार, तरहरा चौकी, तामाङ टोल लगायतका स्थानमा मास्क वितरण गरिएको हिपहप नेपालका अध्यक्ष धनबहादुर राईले जानकारी दिए ।
उनका अनुसार मास्क लगाऔँ, सभ्य नागरिकको परिचय दिउँ, भन्ने सन्देशका साथ मास्क वितरण गरिएको हो ।
महामारीको अवस्थालाई मध्यनजर गर्दै मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने उनले बताए ।















Discussion about this post