Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका निजी विद्यालयको फट्याईँ : सरकारको निर्देशन मान्दैनन्, घरमै परीक्षा सञ्चालन गराउँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
3.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी  : सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका अधिक निजी विद्यालयहरुले भने घरमै प्रश्नपत्र लगेर परीक्षा गराउन भन्दै परीक्षा सञ्चालन गरेको पाइएको हो । केहीले भने विद्यालयमै परीक्षा सञ्चालन गराइएको समेत पाइएको छ । कोरोना महामारीले विद्यालय थलिएको भन्दै घरमै परीक्षा गराएर शुल्क उठाउने नियत रहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

‘कतिपय विद्यालयहरुले विद्यालयमै लुकीलुकी परीक्षा सञ्चालन गराइरहेका छन्, प्रशासनलाई के थाहा हुन्छ ?,’ इटहरीका एक निजी विद्यालयमा आफ्नी छोरी अध्यापन गराउँदै आएका अभिभावकले नाम नखुलाउने शर्तमा टाकुरालाई भने, ‘हामीलाई घरमै परीक्षा लेखेर ल्याउनु भन्दै प्रश्नपत्र दिएको छ, घरमै परीक्षा लेखेर ल्याउनुपर्ने दिन पनि आयो ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीमा रहेका धेरैजसो निजी विद्यालयले सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै हाल घरमै बसेर परीक्षा लेख्न भन्दै विद्यालयमै अभिभावक बोलाएर प्रश्नपत्र दिने गरेपनि स्थानीय सरकार मुकदर्शक जस्तै बनेको छ ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखाका अनुसार इटहरीमा हाल एक सय २२ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्ये अधिक विद्यालयले भने सरकारको आदेशको बेवास्ता गर्दै अभिभावकहरुलाई विद्यालयमै बोलाएर प्रश्नपत्र दिएर घरमा परीक्षा गर्न भनेका छन् । त्रिभुवन विश्वविद्यालयको भइरहेको परीक्षा समेत स्थगित भएका बेला यहाँका विद्यालय सञ्चालकहरुले मनोमानी गर्दै घरमै बसेर भएपनि परीक्षा सञ्चालन गराइरहेपनि स्थानीय सरकार मुकदर्शक बनेको अभिभावकहरुको गुनासो छ ।

चारदिन अगाडि मात्रै पनि इटहरी उपमहानगरपालिकाले विद्यालय बन्द रहेको सूचना जारी भएको थाहा भएपनि प्रश्नपत्र निर्माण गरी अभिभावकहरुलाई विद्यालयमा बोलाएर प्रश्नपत्र दिइ घरमै बसेर परीक्षा गराउने कार्य तत्काल नगर्न निर्देशन दिएको थियो ।

उपमहानगरले एक सूचना जारी गर्दै भनेको छ – ‘पुनश्चः निर्देशनको अवज्ञा गरी विद्यालयहरुले परीक्षाको नाममा कुनै पनि कार्य गरी समस्या सृजना भएमा विद्यालय स्वयम् जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

कोरोनाको दोस्रो लहरका कारण संक्रमण फैलिएसँगै गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशैभरका सबै पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

इटहरीका धेरैजसो निजी विद्यालयले हाल परीक्षा गराइरहेपनि केहीले भने अनलाइनबाट परीक्षा गराउने तयारी पनि अघि सारेका छन् । ‘परीक्षा नगरी अभिभावकले शुल्क नतिर्ने भएकाले निजी विद्यालयको समस्या छ,’ एक विद्यालयका शिक्षकले भने, ‘तर यस्तो जोखिमको समयमा शुल्क भन्दा पनि मानवीयता हेर्नुपर्ने हुन्छ ।’

यता, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भौतिक रुपमा उपस्थित भएर परीक्षा मात्रै नभइ अन्य कुनै काम गर्न नपाइने प्रतिक्रिया दिए । ‘इटहरीमा त्यो किसिमको छ भने कारबाही हुन्छ,’ उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘अनलाइनबाट जाँच लिन पाइन्छ, तर भौतिक रुपमा उपस्थित हुन पाइदैँन ।’

उनले मन्त्रिपरिषद्को निर्णय नै सर्वमान्य हुने र त्यसलाई कार्यान्वयन गराउन आफूहरु लागि परेको बताए । उनले भने, ‘हामीले क्याबिनेटको निर्णयलाई कार्यान्वयन गराउने हो, भौतिक रुपमा कुनै पनि विद्यालय खोल्न पाइदैँन ।’

 

Tags: #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.