इटहरी : सेन्ट्रल फाईनान्स लिमिटेडले इटहरीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसंगै इटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने फाइनान्सले जनाएको छ ।
२०५४ साल वैशाखदेखि सञ्चालनमा रहेको यस वित्तिय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुंजी रु. ८८ करोड १० लाख, निक्षेप रु. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रु. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाण्डौँको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।
शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ ।














Discussion about this post