धरान : संक्रमणको फाइदा उठाउदै जथाभावी मूल्य तोकेर मास्क तथा सेनिटाइजर विक्री गर्ने धरानका केही पसललाई बाणिज्य तथा आपूर्ति कार्यालय विराटनगरको टोलीले कारबाही गरेको छ ।
संक्रमणको फाइदा उठाउदै मास्क तथा सेनिटाइजरमा दोब्बर मूल्य लिने गरेको गुनासो आएपछि सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि खोलिएका तीनवटा मेडिकल पसलमा अनुगमन गर्दा दुईवटामा मूल्यभन्दा बढीमा र एउटामा भने तोकिएकै मूल्यमा विक्री गर्ने गरेको पाइएको हो ।
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोख्रेलको अगुवाइमा इलाका प्रहरी कार्यालय धरान, प्रहरी प्रशासन र पत्रकारको संयुक्त टोलीले अनुगमन गर्दा अधिकांश मेडिकलहरुले तोकेको मूल्य भन्दा बढी मूल्यमा मास्क र सेनिटाइजर विक्री गरेको पाइएपछि उनीहरुलाई कार्वाही समेत गरिएको थियो ।
उपभोक्ताको गुनासोपछि कार्यालयले तीनवटा मेडिकल पसलमा अनुगमन गरेको थियो । अनुगमन क्रममामा सुजिता सुनुवारले सञ्चालन गरेको सुनौलो मेडिकल हल र सरिता साह र किशोर साहले संचालन गरेका टाटा फार्मेसीले खरिद विल पेश गर्न सकेन ।
खरिद विल पेश नगरी जथाभावी मूल्यमा बिक्री गर्ने गरेको पाएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लेख भए अनुसार जरिवाना स्वरुप बीस हजार तिराइएको थियो । यस्तै, अनुगमनका क्रममा बलराम अग्रवाल संचालन गरेको गार्जियन फर्मामा भने त्यस्तो केही नपाइएको प्रमुख पोख्रेलले बताए ।
उनले भने, ‘मेडिकलवालाहरुले खरिद गरेको सामाग्री २० प्रतिशत भन्दा बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्न नपाउने भएपनि १ सय प्रतिशत भन्दा बढी मूल्य बढाएर बिक्री गरेको पाइएको छ, फेरि त्यस्तो भेटिएमा कानून बमोजीम कार्वाही गर्छौ ।’














Discussion about this post