सोलुखुम्बु : सगरमाथा आरोहणको क्रममा २ जना विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।
बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरिकाका नागरिक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ वर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो ।
यसैगरी सगरमाथा आरोहणका लागि हिडेका स्वीजरल्याण्डका नागरिक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ वर्षीय abdulwaheed/aawaraich को सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो ।
मृतक दुवै जनाको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको जनाएको छ ।














Discussion about this post