झापा : झापाको झापा गाँउपालिका २ बाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीनजना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् ।
पैदल हिडिरहेका तीनै जनालाई हिजो राती ईलाका प्रहरी कार्यालय कुमरखोदबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो ।
यसरी ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post