इटहरी : जबरजस्ती करणीको आरोपमा इटहरीबाट एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार जेठ १ गते रातको समयमा इटहरी बस्दै आएकी एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बालकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने बालकको उमेर १४ वर्ष रहेको प्रहरीले जनाएको छ । दुवैजना नाबालक रहेकाले नाम, थर गोप्य राखिएको उनले जानकारी दिए ।
‘दुवैजना बालक रहेकाले हामीले दुवैको नाम, थर र ठेगाना गोप्य राखेका हौँ,’ कटवालले फोन सम्पर्कमा टाकुरासँग भने, ‘उनीहरु दुवैजनाको घर इटहरी उपमहानगरपालिकाभित्रै पर्छ, तत्कालका लागि हामी अनुसन्धानकै क्रममा छौँ ।’
उनका अनुसार ती बालकलाई २ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कटवालले बताए ।














Discussion about this post