इटहरी : मोटरसाइकल चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई पक्राउ गरेको छ ।
गत वैशाख २८ गते रातिको समयमा इटहरी २ को वसन्तपुर चौकमा रहेको रुपक पराजुलीको घर कम्पाउण्डमा पार्किङ गरी राखेको मे ८ प १५९८ नं. को १५० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा ७ चाँदबेला बस्ने वर्ष २४ को सन्तोष चौधरी गढी गाउँपालिका १ बस्ने वर्ष १९ को सुरज चौधरी रहेका छन् । उनीहरुलाई वैशाख ३० गते पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनाबिरुद्ध सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post