इटहरी : कलाकार तथा ग्रीनतारा ग्रुफ अफ कम्पनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इटहरीका कलाकार माधव केसीले तीन हजार थान मास्क दिएका छन् । त्यस्तै ग्रीनताराले एक हजार थान मास्क, सेनिटाइजर र हातधुने सामग्री प्रदान गरेको हो ।
मंगलबार कलाकार केसीले प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेशबाबु काफ्ले र सचिव विकास चाम्लिङ राईलाई सामग्री प्रदान गरेका हुन् । बुुधबार ग्रीन ताराका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सम्राट श्रेष्ठले पनि सामग्री प्रदान गरेका थिए ।
चौतारीले पत्रकारहरुलाई सामग्री प्रदान गर्ने प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बास्तोलाले जानकारी दिए । चौतारीमा संकलित सामग्रीलाई नेपाल पत्रकार महासंघ सुनसरीलाई प्रदान गरिने चौतारीका सुनसरी सचिव विकास चाम्लिङ राईले बताए ।
५ हजार पिस मास्क र ३ लिटर सेनिटाइजर महासंघलाई चौतारीले दिन लागेको चाम्लिङले जानकारी दिए ।












Discussion about this post