इटहरी (डेस्क) : झापा मेचीनगर नगरपालिका ६ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक ५ की २१ वर्षीया समिता राई रहेका छन् ।
शुक्रबार दिउँसो १ बजे लागूऔषध ब्राउनसुगर खरिद बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचानाको आधरमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post