विराटनगर : पछिल्लो २४ घण्टामा नोबेल शिक्षण अस्पतालमा दशजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी वैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।
शनिबार बिहानको राति करिब १ बजे झापाको कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै कन्चनरुप १२ सप्तरीका ७० वर्षीय वृद्धको पनि शनिबार बिहान करिब १ बजे मृत्यु भएको हो । उनलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो ।
इनरुवा ९ सुनसरीका ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृत्यु भएको थियो । उनलाई सोही दिन बेलुका नोबेलमा भर्ना गरिएको थियो ।
धनपालथान गाउँपालिका ६ की ३५ वर्षीया महिलाको पनि शुक्रबार राति ९ बजे मृत्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो ।
त्यस्तै, बर्दीबास १ का ५१ वर्षीय पुरुष र बर्दीबास ५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बर्दीबास १ का पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । बर्दीबास ५ का पुरुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।
झापा भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका ३ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।
त्यस्तै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजमा शनिबार १–१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।












Discussion about this post