Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा सर्पदंशका बिरामी बढे, एक महिनामा ८७ जनाको उपचार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा सर्पदंशका बिरामी बढे, एक महिनामा ८७ जनाको उपचार

सर्पदंशका बिरामीको उपचार गरिदैँ ।

534
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बर्खायाम सुरु भएसँगै इटहरीमा सर्पदंशका बिरामी बढेका छन् । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर (ब्यारेक) मा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीहरुको संख्या बढेको हो ।

सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेलका अनुसार प्रदेश १ का सुनसरी, मोरङ, झापा तथा प्रदेश २ का सप्तरी, सिरहा लगायत जिल्लाबाट सर्पले टोकेका बिरामीको अहिले भीड लाग्न थालेको छ । ‘हामीले वैशाख महिनामा मात्रै ८७ जना सर्पदंशका बिरामीको उपचार गरेका छौँ,’ पोखरेलले टाकुरासँग भने, ‘कोभिडको समयमा यो संख्या निकै ठूलो हो, अन्य समयमा पनि यत्तिकै मात्रामा सर्पदंशका बिरामी हुन्थे, अहिलेको अवस्थामा सर्पदंशका बिरामी बढेका छन् ।’

उनका अनुसार उपचार केन्द्रमा वैशाख महिनामा मात्रै ८७ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ, यो निकै ठूलो संंख्या हो । अन्य अस्पतालले जुनसुकै बिरामीको जाँच गर्नपनि पीसीआर परीक्षण अनिवार्य गरेको तथा सर्पदंशका बिरामीको भर्ना नै नलिएको समयमा यस उपचार केन्द्रमा भने सर्पदंशका बिरामीलाई पीसीआर नै नगरी उपचार गर्नुपर्ने बाध्यता रहेको पोखरेलले बताए ।

उनले भने, ‘बाहिर बिरामी जाँदा अनिवार्य पीसीआर परीक्षण गर्ने गरेको छ, सर्पले टोकेका बिरामीलाई भर्ना नै नलिने पनि गरेको छ, हामीले पीसीआर नै नगरी उपचार गरिरहेका छौँ ।’ सर्पले टोकेका बिरामी जटिल अवस्थामा रहने भएकाले पीसीआर नै नगरी उपचार गर्न बाध्य रहेको पोखरेलले बताए ।

सर्पदंशका बिरामीको उपचार गरिदैँ ।

प्रदेश १ मा सबैभन्दा बढी मोरङ, झापा र सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दो छ । तर, त्यहीँबाट सर्पदंशका बिरामी धेरै संख्यामा आएकाले उपचार गर्न पनि जोखिम रहेको बताउँदै उनले भने, ‘अहिले १२ वटा मात्रै बेड छ, बिरामीको नन पोइजन वा पोइजन पहिचान गरेर उपचार गर्नुपर्ने हुन्छ, कम्तिमा पनि २४ घण्टा राखेर उपचार गर्दै आएका छौँ ।’
बेड संख्या थोरै भएपनि बिरामी जति आएपनि उपचारमा कुनै सम्झौता नहुने पोखरेलले बताए ।

स्थानीय नागरिक र नेपाली सेनाको समन्वयमा ०६९ सालमा स्थापना भएको उपचार केन्द्रमा हालसम्म १३ हजार भन्दा बढी बिरामीले उपचार गरिसकेका छन् । ‘नेपाली सेनाले उपचार गर्ने र उपचारमा हामीले आवश्यक सामाग्री उपलब्ध गराउनेगरी सम्झौता भएको छ,’ पोखरेलले भने, ‘प्रदेश १ र २ का बिभिन्न जिल्लाबाट आएका बिरामीहरुले सफल उपचार पाइरहेका छन् ।’

सर्पदंशका बिरामीलाई उपचार गर्न त्रास रहेपनि उपचार गरिरहेका उनले बताए । ‘सर्पका बिरामीको समयमा उपचार भएन भने मृत्यु हुनसक्छ, उपचार गरौँ भने आफैँ संक्रमित भइन्छ भन्ने त्रास पनि छ ।’ उनले भने ।

उपचार केन्द्रमा हाल सैनिक अस्पताल इटहरीका प्रमुख, सहायक रथी डा.भरत बहादुर भण्डारी लगायतको टिमले हाल सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ ।

Tags: #इटहरी#स्वास्थ्यटाकुरा विशेषसर्पदंश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.