Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विवाहबाट फैलदैँ कोरोना, एकै टोलका ४४ जना सङ्क्रमित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०७८
in समाचार
0
धरान र विराटनगरमा लक डाउन

foto : google

185
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका हुन् ।

शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो । उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे टोलका विभिन्न उमेर समूहका स्थानीयवासीमा सङ्क्रमण देखिएको छ । यहाँ आयोजित विवाहबाट सङ्क्रमण ब्यापक फैलिएको स्थानीयवासीको अनुमान छ ।

अधिकांश स्थानीयवासीमा ज्वरो, रुघा खोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या भएपछि स्थानीयवासी समेत रहनुभएका शिक्षक वीरेन्द्र सुहाङको समन्वयमा यहाँका आठ जना बिरामीलाई गत आइतबार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पु¥याई एण्टिजेन परीक्षण गरियो । परीक्षणमा सबै जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । त्यसयता गाउँपालिकाले उक्त वडाकै अन्य टोलहरू भालुखोप, अमले, जेभालेमा समेत परीक्षण बढाएको छ । वडाभरीमा हालसम्म ५६ जनामा सङ्क्रमण देखिएको वडा सदस्य राजकुमार पन्थाकले जानकारी दिए ।

मालबाँसे र भालुखोप क्षेत्रमा निकै ब्यापक रूपमा सङ्क्रमण फैलिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख चन्द्रप्रसाद घिमिरेले बताए । “यहाँको स्थिति निकै भयावह छ । घर–घरमा बिरामी हुनुहुन्छ”, घिमिरेले भने, “कतिपय बुढापाकाले अझैसम्म परीक्षण गर्न मान्नुभएको छैन् ।” सङ्क्रमण ब्यापक भएपछि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेन, स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी लगायतले स्थगलत रुपमा निरीक्षण गरेका छन् ।

सङ्क्रमण देखिएका अधिकांशमा गम्भीर समस्या भने देखिएको छैन । सामान्य समस्या भएका कारण सबैजसो स्थानीयवासी नियमित दैनिकीमा फर्किएको स्थानीयवासी युवा दिलकुमार खुदाङले जानकारी दिए । “सबैको अवस्था सामान्य रहेकाले नियमित काम गर्न थालेका छौँ”, उनले भने, “समस्या पूरै निको भएको भने छैन ।” उक्त टोलका अधिकांश स्थानीयवासीमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका समस्या देखिएका भए पनि कतिले परीक्षण गरेर घरेलू औषधि सेवन गरिरहेका छन् भने कतिपयले परीक्षण नै नगरी रोगसँग जुधिरहेका छन् । “तर अब अवस्था सामान्य बन्दै गयो”, खुदाङले भने ।

यहाँबाट परीक्षण बाहिर फैलन नदिन सङ्क्रमण फैलिएका टोलहरूलाई सिल गरिनाका साथै नियमित सुरक्षाकर्मी परिचालन गरिएको छ । यहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेदिक औषधि तथा कोरियामा रहेका स्थानीयवासी युवाको सहयोगमा केही राहत वितरण भएको शिक्षक सुहाङले जानकारी दिए । सङ्क्रमण रोकथामका लागि आजदेखि पुनः परीक्षण थालिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सङ्क्रमणका कारण घरमै बस्नु परेपछि दैनिक ज्याला मजदुरी गर्ने कतिपय स्थानीयवासीलाई दैनिकीमा समेत समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । “सङ्क्रमित भएपछि काममा जानसक्ने अवस्था रहेन । कसैले पनि दैनिक मजदुरी गर्नेलाई राहत र सहयोग गरेका छैनन्”, स्थानीयवासी युवा मदनकुमार खुदाङले भने, “बाहिर बजार पसलमा गएर बाँकी ल्याउन पनि टोलका सबैजसो सङ्क्रमित हुँदा समस्या पर्यो ।”

Tags: #पाँचथर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    236 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.