झापा : झापा अर्जुनधारा नगरपालिका ११ स्थित रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागि अस्पताल लगिएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बू र ईलाम घर भइ सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post