तरहरा : हिपहप नेपाल सामाजिक काममा अग्रसर बन्न थालेको छ । यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको हिपहप नेपालले अहिले कोरोना महामारीकाबीच पनि सामाजिक काममा अग्रसर बन्न थालेको हो ।
इटहरी १ स्थित माझी टोलका समुदायमा सेनिटाइज गरिएको हिपहप नेपालका अध्यक्ष दानबहादुर राईले बताए । उनका अुनसार संक्रमितहरुको घर, गाउँमा गएर अहिले सेनिटाइज अभियान सञ्चालन गरिएको छ ।
संक्रमित भएको जानकारी आए वा गराएमा इटहरीका जुनसुकै वडामा पनि सेनिनटाइज गरिने राईले बताए ।
उनका अनुसार यसअघि पनि हिपहप नेपालले तरहराका विभिन्न स्थानमा जेब्रा क्रसिङ, स्वास्थ्य जनचेतना जस्ता काम गर्दै आएको थियो ।















Discussion about this post