धरान : लकडाउनको समयमा एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने गरेको सूचनाका आधारमा दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ ।
गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एम्बुलेन्सबाट एकसय किलो गाँजा बरामद भएको बस्नेतले बताए ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षील बलबहादुर लिम्बू र धनकुटा सहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्नेत २८ वर्षीय पोशन राई रहेका छन् ।
दुवैलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post