इटहरी : मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
बिहीबार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका २ केरौनका ३२ वर्षीय दिलीप चौधरी घाइते भएका थिए । घाइतेलाई उपचारको लागि कोशी अस्पताल पठाइएकोमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post