तरहरा : इटहरी २० तरहरामा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
वडाध्यक्ष मणिराम श्रेष्ठले तरहरामा थप एक महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे । उनका अुनसार हालसम्म यो सँगै तरहरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
शनिबार तरहराकी अन्दाजी ४५।५० वर्षीय महिलाको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
‘सुरुमा एन्टिजीन पनि नेगेटिभ आएको र पछि विराट मेडिकलमा कुनै समस्या नदेखिएपछि घर ल्याइएको थियो,’ श्रेष्ठले टाकुरासँग भने, ‘पछि स्वास्थ्यमा पुनः गाह्रो भएपछि नोबेल अस्पताल लगिएको थियो, त्यहाँ पोजेटिभ देखिएपछि उपचाररत अवस्थामा आज बिहान मृत्यु भएको खबर आयो ।’
उनका अनुसार महिलालाई अस्पतालको आइसियुमा राखेर उपचार गरिदैँ आएको थियो ।












Discussion about this post