तरहरा : चोरीको मोटरसाइकलसहित तरहराबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार (हिजो) इटहरी उपमहानगरपालिका २० स्थित तरहरा पानीपिया जंगलमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अगाडिको नम्बर प्लेट नभएको पछाडि को १० प ३४५५ नम्बरको प्लेट टाँसेको सुपर स्प्लेन्डर मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा सवार दुई पुरुषलाई शंका लागेर सोधपुछ गर्ने क्रममा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुमन सुन्दास र पछाडि सवार रहेका सोही स्थान बस्ने १९ वर्षीय नवराज परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बराहक्षेत्र ३ वस्ने चन्द्रबहादुर कार्कीको घरमा पार्किङ गरी राखेको ठाउँबाट चोरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post