इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको बिरामीको घरमा पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।
इटहरी वडा नम्बर १३, १६ र १७ का ६ वटा घरमा इटहरी अस्पतालकी स्टाफ नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विशाल दाहालसहित संक्रमितहरुलाई भेट्न पुगेका हुन् ।
संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रमुख चौधरीले जानकारी लिएका थिए । उनले उपमहानगर जनताको साथमा रहेको बताए । संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन् ।
होम आइसोलेसनमा बस्दा पुर्याउनुपर्ने सावधानीको बारेमा जानकारी दिइएको थियो
समस्या परेको बेला स्थानीय सरकार घरमै आउँदा उपमहानगर जनताप्रति उत्तरदायी रहेको संक्रमितहरुले बताएका थिए ।














Discussion about this post