Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ओखलढुङ्गाका महिला ‘सेनिटरी प्याड’ आफैँ बनाउँछन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०७८
in समाचार
0
ओखलढुङ्गाका महिला ‘सेनिटरी प्याड’ आफैँ बनाउँछन्

सांकेतिक तस्वीर ।

221
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा (रासस) : ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् ।

प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि प्याड बनाउने तालीम आयोजना गरिएको थियो ।

उक्त तालीममा सिकेको सीप प्रयोग गरेर आफूलाई आवश्यकपर्ने सेनिटरी प्याड आफैँ बनाउने गरिएको सिद्धिचरण नगरपालिका– ९ की लक्ष्मी बानियाँले बताइन् । यसरी आफैँले बनाएको सेनिटरी प्याड प्रयोग गर्दा सहज भएको र बजारको प्याड किन्नु नपर्दा त्यो पैसासमेत बचत हुने उनकाे भनाइ छ ।

“पहिला प्याड नहुँदा साह्रै समस्या हुन्थ्यो । चाहेका बेला बजारमा गएर किन्नुपर्ने हुन्थ्यो”, उनले भनिन, “अहिले आफैँले प्याड बनाउन सिकेपछि साह्रै सहज भएको छ । नियमित प्याड किन्दा खर्च हुने पैसासमेत बचत हुन थालेको छ ।”

किशोरीहरुका लागि आयोजना गरिएको रुपान्तरणको तालीमले प्याड बनाउन सिकाएदेखि आफैँले आफू र आफ्ना नजिकका साथीलाई समेत आवश्यक पर्ने प्याड बनाइदिने गरेको उनको भनाइ छ । सिद्धिचरण नगरपालिकाका किशोरीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन थालेका छन् ।

महिनावारी भएको बेला एकपटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका– ११ की किशोरी वसन्ता खत्रीको भनाई छ । खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरुलाई पनि सिकाइरहेकी छन् ।

“पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थे, अहिले आफैँले बनाउँछु । मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरुलाई पनि सिकाउने गरेको छु’’ खत्रीले भनिन्। प्याड बनाउन सिकेपछि किशोरीहरुको विद्यालयमा उपस्थिति समेत बढेको किशोरी अभियान्ता सरस्वती बानियाकोे भनाई छ । विगतमा रजश्वला हुँदा महिनामा चार दिन विद्यालयमा गयल हुने किशोरीहरु अहिले आफैँले बनाएको प्याड प्रयोग गरेर नियमित विद्यालय जाने गरेको उनको भनाई छ ।

‘‘रजश्वला सामान्य प्रक्रिया हो तर यसले महिलाको जीवनमा निकै ठूलो प्रभाव पर्दछ । यहाँसम्मकी रजश्वला हुँदा विद्यालय जान नसक्ने अवस्था हुन्थ्यो’’ बानियाले भनिन्, ‘‘प्याड नपाउँदा महिनामा ४–५ दिन गयल हुने छात्राहरु अहिले आफुले प्याड बनाउन सिकेपछि नियमित विद्यालय जानथालेका छन् ।’’

महिनावारी हुनु एउटा प्राकृतिक प्रक्रिया भएपनि यसलाई समाजमा एउटा सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक र सांस्कृतिक वर्गीकरणको कारण बनाउने गरेको उनले बताइन् ।

महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडको प्रयोगका बारेमा छलफल गर्न लजाउने किशोरीहरुले अहिले आफैँले प्याड बनाएर आफु र आफ्ना साथीभाइको आवश्यकता पूर्ति गर्न थालेको उनको भनाई छ ।

बानियाकै नेतृत्वमा जिल्लामा सबैभन्दा पहिला स्थानीय किशोरीहरुलाई प्याड बनाउने सीप सिकाइएको थियो । जिल्लाको सिद्धिचरण नगरपालिकाले पनि स्थानीय महिलाहरुका लागि प्याड बनाउने तालिम दिएको छ । नगरपालिकाबाट तालिम पाएपछि विगतमा पुराना तथा फाटेका कपडाका टालोले काम चलाउने महिलाहरु प्याड प्रयोग गर्न थालेका छन् ।

तालिम पाएपछि आफूले प्रयोग गर्ने प्याड आफैँले बनाउन थालेको सिद्धिचरण नगरपालिका– ११ की विष्णुमाया तामाङले बताइन् । ‘‘हामी महिलालाई रजश्वला लुकाउन साह्रै कष्ट हुन्छ । पहिला पहिला त प्याड भन्ने पनि थाहा थिएन । यस्तो हुन्छ रे भन्ने सुनेको मात्रै हो’’ उनले भनिन्, ‘‘अहिले हामी आफैँ बनाएर प्रयोग गर्छौं । लगाउन सजिलो हुने स्वास्थ्यका हिसाबले पनि निकै राम्रो हुँदो रहेछ ।’’

आफैँले बनाएर प्रयोग गर्ने प्याड निकै लाभदायक हुने भएकाले सबै महिलाहरुले यो सीप सिक्नुपर्ने उनकाे भनाई छ । सिद्धिचरण नगरपालिकाले केही महिना अघि महिला सहकारीका १४ जना सदस्यलाई कपडाको प्याड बनाउने तालिम दिएको थियो ।

महिला जागरण तथा सशक्तिकरणका लागि व्यावहारिक सीप अन्तर्गत प्याड बनाउन सिकाइएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका अधिकृत सरिता तामाङले बताइन् । सञ्चालित तालिमबाट स्थानीय महिलाहरुले लाभ लिएको र यसको प्रभावकारीता हेरेर अन्य महिलालाई समेत तालिम दिइने उनको भनाई छ ।

“महिलाहरुबाट माग पनि आयो र आवश्यकता समेत महसुस गरेर सुरुमा सहकारीका महिलालाई प्याड बनाउने सीप सिकाएका छौँ”, अधिकृत तामाङले भनिन् “यो निकै प्रभावकारी रहेको प्रतिक्रिया आयो, अब अरुलाई पनि यस्ता तालिममा समेट्ने हाम्रो लक्ष्य छ ।” सिकेकाहरुले समुदायका अरु महिलालाई सिकाउनुपर्ने उनको भनाइ छ । पढेलेखेका शिक्षित मानिसहरुले सामान्य ठाने पनि कतिपयले महिनावारीलाई समस्याका रुपमा लिने गरेका छन् । यसले गर्दा महिलाहरुको स्वास्थ्य र स्वाभिमानमा प्रतिकूल प्रभाव पार्दछ ।

महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा र यससम्बन्धी गलत धारणा हटाउने लक्ष्यका साथ प्रत्येक वर्ष मे २८ का दिन सुरक्षित महिनावारी दिवसका मनाइन्छ । विगतमाभन्दा निकै सुधार आएपनि अझै समुदायमा जरा गाडेर बसेको महिनावारी सम्बन्धी गलत धारणाले महिलाहरु महिनावारी हुँदा पिडाबोध गर्न बाध्य छन् ।

नेपाली समाजमा धर्म संस्कृतिसँग जोडेर महिनावारीलाई व्याख्या गर्ने चलन छ । रजश्वला हुने प्रक्रियालाई सामान्य रुपमा लिन नसक्ने समाजमा सेनिटरी प्याड बनाउने सीपको महत्व बुझाउन अझै समय लाग्ने भएपनि हरेक महिलाले प्याड बनाएर प्रयोग गर्न जान्नुपर्ने अभियान्ताहरु बताउँछन् ।

रजश्वला भएका बेला आवश्यक सरसफाईमा ध्यान नदिँदा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले प्याडको सही प्रयोग गर्न र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मी शर्मिला राईको सुझाव छ । ‘‘रजश्वला हुनु स्वभाविक प्रक्रिया हो ।

तर अस्वभाविक जस्तो मान्ने, खुलेर यसका विषयमा छलफल नगर्ने र सरसफाइमा समेत खासै ध्यान नदिँदा कतिपय महिलामा दीर्घकालीन स्वास्थ्य समस्याहरु देखा पर्दछन् ।’’ उनले यसरी आफैँले प्याड बनाएर प्रयोग गर्ने सकिने सीपको विस्तार गर्न सक्नुपर्ने बताइन्।

Tags: #ओखलढुंगा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

by रासस
जेष्ठ ३०, २०८३
0

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२‍.१४६ केजी गाँजा बरामद गरेको छ । सुनसरी...

भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.