पाँचथर : पाँचथरको फिदिम नगरपालिका ३ सुङनिमाचौक नजिकै एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल झर्दा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाउँपालिका २ बस्ने ५० वर्षीया ममता राई, सोही स्थानका १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ वर्षीय डोड कुमार राई घाइते भइ उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।
घाइतेमध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको उपचार भइरहेको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८ वर्षीय वीरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post