इटहरी : निषेधाज्ञा उल्लंघन गर्नेलाई इटहरी प्रहरीले थप निगरानी बढाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सातसय चारजनालाई पक्राउ गरिएको छ । डीएसपी अर्जुन केसीका अनुसार दुई दिनको अवधीमा सातसय चारजनालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।
‘कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासनबाट जारी भएको निषेधाज्ञा कार्यन्वयनको लागि जेठ १७ गतेदेखि १९ गतेसम्ममा इटहरीका बिभिन्न स्थानबाट उक्त संख्यामा पक्राउ गरिएको हो,’ डीएसपी केसीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘जसमध्ये छ सय ८१ जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीस्वरुप जनही एक सयका दरले जरिवाना गरिएको छ ।’
उनका अनुसार अन्य २३ जनालाई भने कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सुनसरी पठाइएको छ ।
उनीहरुलाई जनही तीन हजारदेखि सात हजारसम्म जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।












Discussion about this post