मोरङ : सिकार खेल्ने क्रममा भरुवा बन्दुकले लागेर साथीको मृत्यु भएपछि फरार रहेको एउटा समूहलाई मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले विशेष अप्रेशन सञ्चालन गरेर मोरङको केराबारी र लेटाङबाट चार जनालाई पक्राउ गरेको हो ।
बुधबार साँझ पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् ।
पक्राउ परेका चार जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान थालिएको डीएसपी राईले जानकारी दिएका छन् ।














Discussion about this post