इटहरी : इटहरी क्षेत्रमा रहेका बैँकहरु हप्तामा तीनदिन खुल्ने निर्णय भएसँगै चौक आसपास चहलपहल बढेको छ ।
कोरोना संक्रमणका कारण सुनसरी जिल्लामा जारी निषेधाज्ञाका कारण बैँक तथा वित्तिय संस्थाहरु समेत बन्द गर्ने निर्णय भएको थियो ।
यसअघि इटहरी उपमहानगरपालिकामा जेठ ३ गतेदेखि लागू हुनेगरी पहिलोपटक बैँक समेत बन्द गर्ने निर्णय गरेको थियो । जिल्लामा निषेधाज्ञा बढ्दै गएपछि बैँक समेत नखुलाउन पटक–पटक बैठक बसिएको थियो ।
तर, आइतबार उपमहानगरपालिकामा बैठक बसेर हप्तामा तीन दिन बैँकहरु खुलाउने निर्णय भएसँगै चहलपहल बढेको हो ।
उपमहानगरपालिकाको सूचनाअनुसार इटहरीमा आइतबार, मंगलबार र बिहीबार बैँक खोल्ने निर्णय गरेको छ । यो सँगै मंगलबार इटहरीका विभिन्न बैँकमा लागेका मानिसहरुको भीड लागेको छ ।















Discussion about this post