इटहरी : सप्तकोसीमा पानीको बहाब बढेको छ । पहाडी क्षेत्रमा भइरहेको भीषण वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।
वर्षाका कारण विभिन्न नदी तथा खोला बढ्दा त्यसको प्रभाव सप्तकोसीमा परेको हो । सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बुधबार बिहानसम्ममा सप्तकोसीको पानीको बहान ६१ हजार एक सय ४५ क्यूसेक मापन गरिएको छ । बहाव बढ्दै गएपछि कोसी ब्यारेजका १२ वटा ढोका खुल्ला गरिएको छ ।
अवस्था हेरेर अरु ढोका खोल्ने बारे निर्णय लिइने सुनसरी प्रशासनले जनाएको छ । नदी आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ ।














Discussion about this post