इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा थप गरि असार १४ गतेसम्म पुर्याएको छ ।
आज बसेको बैठकले थप असार १४ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यस्तै, सबै पसल बिहान ५ बजेदेखि १२ बजेसम्म स्वास्थ्य मापदण्ड पूरा गरि सन्चालन गर्न दिइनेछ ।

सबै पसलहरु खोल्न पाइने भएपनि होटल रेष्टुरेष्टहरु भने खोल्न नपाइने बताइएको छ ।
आज सोमबार मध्यराति १२ बजे निषेधाज्ञाको समय सकिन लागेपछि सोमबार दिउँसो बसेको डिसिसिएमसि बैठकले असार १४ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

गुद्री, सब्जी मण्डी र हाटबजार भने खोल्न नपाइने बताए । विहान चिया पसल समेत खोल्न नपाइने निर्णय भएको छ । सुनसरी प्रशासनले दुधडेरी, सब्जी, खाद्यान्न, पशुजन्य आहार ढुवानीका साथै कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य, ढुवानीका साधन भने निर्वाध सञ्चालन गर्न पाईने निर्णय भएको जनाएको छ ।
अन्य निर्णयको हकमा भने यसअघिको लागू रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।












Discussion about this post