झापा : झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० वर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
हिजो बेलुका पौने ६ बजे उनी घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश बिपद् व्यवस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे उनको शव फेला परेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post