Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘समृद्धि’ को बेरोजगारी निरुत्साहन अभियान : तीस हजार युवालाई रोजगारी

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
असार ८, २०७८
in टाकुरा विशेष, समाचार
0
‘समृद्धि’ को बेरोजगारी निरुत्साहन अभियान : तीस हजार युवालाई रोजगारी
292
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ कार्यान्वयनमा आएसँगै युवाहरूलाई स्वरोजगार बनाउन तालिमका कार्यक्रम सञ्चालनमा आएको हो ।

इटहरीस्थित आयोजनाको कार्यालयले प्रदेश १ सहित प्रदेश २ र बाग्मती प्रदेश गरी १६ जिल्लाका २०८ स्थानीय तहमा सीपमूलक तालिम प्रदान गरिरहेको ग्रामीण उद्योग तथा विप्रेषण आयोजना ‘समृद्धि’ का प्रमुख शालिग्राम दाहालले बताए ।

उनका अनुसार प्रदेश १ का ८ जिल्ला सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुरर प्रदेश–२ का ७ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा बाग्मती प्रदेशको एकमात्र जिल्ला सिन्धुलीमा काम गरिरहेको छ ।

त्यसका लागि प्रदेश १ का जिल्लालाई सञ्चालन गर्न कोशी–सगरमाथा करिडोर कार्यालय धरान रहेको छ । त्यस्तै प्रदेश २ र बाग्मती प्रदेशको एउटा जिल्लाका जनकपुर करिडोर कार्यालय जनकपुर धनुषा रहेको छ ।

‘तीस हजारको ओभरअल लक्ष्यमध्ये पाँच हजार २ जनालाई पहिलो चरणमा तालिम दिइसकेका छौं,’ दाहालले भने, ‘आपूर्ति शृङ्खला विकास गर्ने, कृषिमा आवद्ध कृषकहरूलाई सामूहिक खेतीमा आबद्ध गरी बजारसम्म पु¥याउने, तालिम लिएका युवाहरूलाई वित्तीय पहुँच पु¥याउने आयोजनाको उद्देश्य हो ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र र हेल्भेटास नेपाल आयोजना प्रमुख साझेदार तथा सरोकारवाला निकाय रहेको दाहालको भनाइ छ ।

‘प्रशिक्षार्थीहरूले रोजगारी पाएपछि तालिम प्रदायक संस्थाहरूलाई रकम भुक्तानी गर्ने नीतिसहित यो आयोजना सञ्चालन गरिरहेका छौँ,’ दाहालले भने, ‘तालिमको उद्देश्य भनेको रोजगारी दिने नै हो, फगत आयोजना गर्नका लागि मात्रै यो कार्यक्रम ल्याइएको होइन ।’ उनका अनुसार सीपमूलक कार्यक्रमको आयोजनाले रोजगारीको अवसरसँगै व्यक्तिगत विकास समेत हुनेछ ।

‘गरिबी न्यूनीकरण तथा देशमा दीगो शान्ति हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरी समतामूलक तथा समावेशी आर्थिक विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको हो,’ दाहाल भन्छन्, ‘लघु, घरेलु तथा साना उद्यम प्रवद्र्धन गर्ने तथा ग्रामीण गरिब घरपरिवार, आप्रवासी घरपरिवार र आप्रवासनबाट फिर्ता भएकाहरूका लागि दीगो आयआर्जनको स्रोत प्रदानगर्ने संस्थाको उद्देश्य हो ।’

उनका अनुसार आयोजनाको ८० प्रतिशत लक्षित वर्ग गरिबीको रेखामुनिका उद्यम व्यवसाय गर्न सक्षम नागरिक रहनेछन् । तीमध्ये ३३ प्रतिशत महिला, ४० प्रतिशत युवाहरू र ६० प्रतिशत आप्रवासी घरपरिवार तथा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्ति रहने उनले जानकारी दिए ।

‘३० हजार युवाहरूलाई सीपमूलक तालिम उपलब्ध गराई रोजगारीमा प्रतिस्थापनका लागि सहजीकरण गर्ने, ५० हजार युवाहरूलाई वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञान तालिम प्रदानगर्ने उद्देश्य रहेको छ,’ दाहालले भने, ‘सामाजिक परिचालनको गतिविधिमा एक हजार जना उच्च जोखिममा रहेका व्यक्तिलाई प्रत्यक्ष सल्लाह सेवा उपलब्ध गराई आर्थिक अवसरसँगै सामाजिक समस्याहरूलाई पनि सम्बोधन गर्ने तथा एक लाख दस हजारजना वैदेशिक रोजगारमा जान चाहने व्यक्तिका लागि आप्रवासन स्रोत केन्द्र र सूचनक कक्षमार्फत् सूचना, परामर्श दिने गरेका छौँ ।’

उनका अनुसार बेरोजगारी निरुत्साहन गर्ने अभियान अन्र्तगत चार वर्षमा तीस हजार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको हो ।

हेल्भेटास नेपाल, आयोजनाको प्रमुख साझेदार संस्था हो । हेल्भेटासका प्रदेश १ प्रमुख शुक चौधरीका अनुसार सन् २०१७ को अक्टोबरमा भएको सम्झौता बमोजिम सन् २०१८ को जनवरी देखि २०२२को डिसेम्बर (४ वर्ष) सम्मका लागि कार्यक्रम कार्यान्वयनमा प्राविधिक सहयोग गर्नेछ ।

‘हाम्रो कम्पोनेनको मर्यादित रोलअनुसार भोकेनसल ट्रेनिङको प्योकज अनुसार यो तालिम निःशुल्क प्रदान गरिएको हो,’ चौधरीले भने, ‘जहाँ आवश्यक छ, त्यहाँ तालिम चलाउँछौँ, औद्योगिक करिडोरमा पनि तालिम सञ्चालन गर्दै आएका छौँ ।’

उनका अनुसार आर्थिक वर्ष ०७५/७६ मा आयोजना क्षेत्रका १६ वटा जिल्लाका ६० वटा नगर तथा गाँउपालिकाका पाँच हजार २ जना युवाहरूलाई विभिन्न २३ वटा विषयमा तालिम प्रदान गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७६/७७ मा कोरोना महामारीका कारण लकडाउन भएकाले तालिम सञ्चालन गर्न नसकिएको तर २०७७÷७८ को तालिम हाल १६ वटा जिल्लाका ८८ वटा नगर तथा गाँउपालिकाका दस हजार ७२० जना युवाहरूलाई विभिन्न २७ वटा तालिम विषयमा तालिम प्रदान गरिँदै छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ भित्रमा आयोजना क्षेत्रका १६ वटा जिल्लामा १४ हजार २८० जना युवाहरूलाई विभिन्न विषयमा तालिम प्रदान गर्ने लक्ष्य रहेको चौधरीले बताए ।

‘ओभरलमा भन्ने हो भने हरेक प्रोजेक्टको काम नै बेरोजगारी निरुत्साहन गर्ने हो,’ उनले भने, ‘१८ देखि ४० वर्ष उमेर समूहका बेरोजगारीलाई प्रतिस्थापन गरी रोजगारीमा बदल्ने हाम्रो उद्देश्य हो, चार वर्षको अवधिमा तीस हजार जनालाई रोजगारी दिने लक्ष्य छ ।’

उनका अनुसार निजीस्तरमा सञ्चालित तालिम तथा रोजगार सेवाप्रदायक संस्थामार्फत् छोटो अवधिका बजारोन्मुख सिटिइभिटीको पाठ्यक्रमअनुसार तीन सय ९० घण्टा (६५ दिन) को प्राविधिक एवम् व्यवसायिक तालिम सञ्चालन गरी २४ हजार युवाहरूलाई रोजगारीका लागि सहयोग पु¥याउने छ ।

त्यस्तै, निजीस्तरमा सञ्चालित ठूला तथा मझौला उद्योगहरूलाई आवश्यक पर्ने जनशक्तिको आपूर्तिका लागि सिटिइभिटीको पाठ्यक्रमअनुसार ९०० घण्टा (१५० दिन) को औद्योगिक प्रशिक्षार्थी तालिमको माध्यमबाट ६ हजार जना जनशक्ति विकास गरी रोजगारीमा सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताए ।

हेल्भेटासका टिम लिडर बालमुकुन्द न्यौपानेले बेरोजगारी युवाहरूलाई बजारको मागअुनसार निःशुल्क तालिम दिँदै आएको बताए । ‘सीप सिकाएर दक्ष जनशक्ति उत्पादनगर्ने गरेका छौँ,’ उनी भन्छन्, ‘तालिम प्रदायक संस्थाहरूलाई प्रस्तावना आह्वान गरेर छनौट गरिएका संस्थाहरूलाई तालिमको जिम्मा दिन्छौं ।’

नतिजामा आधारित तालिम प्रदान गरिरहेको छ । ‘तालिम दिएपछि फलोअपको मतलब नै हुन्थेन, हेल्भेटासले त्यसलाई प्रमाणित गरेर देखाइदिएको छ,’ उनले भने, ‘सीप सिकेकाहरुले रोजगार प्राप्त गरिसकेपछि मात्रै तालिम प्रदायक संस्थाहरूलाई पैसा दिने गरेका छौँ ।’

उनका अनुसार तालिमपश्चात् रोजगारीको ‘ग्यारेन्टी’ भएपछि मात्रै तालिम प्रदायक संस्थाहरूलाई आयोजनाले भुक्तानी दिने गरेको छ । ‘कतिजनालाई तालिम दियो भन्ने भन्दापनि कति जनाले रोजगारी पाए भन्ने महत्त्वपूर्ण हो, रोजगार पायो भन्ने मात्र होइन, कति कमाइ छ भनेर पनि अनुगमन गर्छौँ’ न्यौपानेले भने ।

उनका अनुसार तालिम लिएका व्यक्तिहरुले स्वरोजगार बन्नका लागि व्यवसाय गर्न पनि छुट दिइएको छ ।

‘आफ्नै व्यवसाय सञ्चालन गर्ने धेरै पाइएको छ, ४० प्रतिशतले आफ्नो व्यवसाय सञ्चालन गरेका छन्,’ उनले भने, ‘सीप सिकेपछि व्यवसाय सञ्चालन गर्नेहरूले अन्य मानिसहरूलाई पनि रोजगारी दिने भएकाले बेरोजगारी कम हुन्छ ।’

कृषि तथा गैरकृषि क्षेत्रमा आयआर्जन सम्बन्धी क्रियाकलाप गर्न सम्भाव्य लघु, घरेलु तथा साना उद्यम प्रवद्र्धन गर्ने तथा ग्रामीण गरिब घरपरिवार, आप्रवासी घरपरिवार र आप्रवासनबाट फिर्ता भएका लागि दीगो आयआर्जनको स्रोत प्रदान गर्ने उद्देश्यले आयोजनाले सन् २०२२ सम्म रोजगारी दिने लक्ष्य लिएको उनको भनाइ छ ।

ग्रामीण वित्तअन्तर्गत वित्तीय तथा व्यवसायिक शिक्षाको पहुँच बढाउन वित्तीय संस्थाहरूको क्षमता विकास गर्ने तथा दीगो रूपमा सुलभ मूल्यमा वित्तीय सेवामा पहुँच पु¥याउन स्थानीय स्तरका संस्थाहरू ठूला संस्थाहरूसँग सहकार्य गर्ने वातावरण सिर्जना गर्ने आयोजनाले जनाएको छ ।

आयोजनाले निर्माण, मेकानिकल, इलेक्ट्रिकल, कम्प्युटर तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, पर्यटन÷सत्कार, टेक्सटायल (गार्मेन्ट र टेलरिङ्ग), स्वास्थ्य/सौन्दर्य, विविध व्यवसाय, वैकल्पिकउर्जा, छालाका बस्तु उत्पादन, हस्तकला, निर्माण उपकरण, सुरक्षा गार्ड (महिला), मन्टेश्वरी सहजकर्ता, प्रारम्भिक बालविकास सहजकर्ता, सँगीत र नृत्य, पुस्तकालय सहायकमा काम गरिरहेको छ ।

Tags: उद्यमटाकुरा विशेषरोजगारसमृद्धि
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.