मोरङ : मोरङको केराबारी गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी गाउँपालिका–३ हचुवा बस्ने देवेन्द्र श्रेष्ठका छोरा निवासुन श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान ७ बजे देवेन्द्रको खेतमा जोत्न आएको ट्र्याक्टरले निवासुनलाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्बरबाट बालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी टोलीले ट्र्याक्टर र चालक सोही स्थानका २९ वर्षीय सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।














Discussion about this post