Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आगामी शुक्रबार १० लाख खोप नेपाल आउँदै, कुन देशबाट कति खोप भित्रिए ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०७८
in समाचार
0
मोडेर्नाले विकास गरेको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी
247
SHARES
Share on FacebookShare on Twitter

सरकारले कोरोनाविरुद्ध खोप खरिदका लागि चीनसँग गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा खोप आगामी शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार जुलाई ८ तारिख अर्थात् २४ असारमा खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारको निर्देशनबमोजिम जुलाइ ९ तारिखमा १० लाख मात्रा खोप लिएर नेपाल फर्किने तयारी गरिएको महाप्रबन्धक पौडेलले जानकारी दिए । त्यससम्बन्धी विस्तृत ‘सेडुल’ आइतबार तयार पारिनेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो ।

नेपालले खरिद गरेको खोप क्रमिक रूपमा भित्रने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोडको निर्धारित बजेटभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो । हालसम्म चीनबाट २१ लाख ४८ हजार खोप प्राप्त भएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता रहेको सूचीका आधारमा लगाउने जनाएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।

– ६० वर्षमुनिका नागरिक खोपको प्राथमिकतामा
– २६ लाखले पहिलो र साढे ७ लाखले दोस्रो मात्रा लगाए

उनले कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरण गरिएको र सोही आधारमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । डा. पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्नेछन् ।

यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी पनि दोस्रो प्राथमिकताको सूचीमा राखिएको छ । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएकाले उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार २६ लाख ४ हजार ८ सय ६६ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५७ हजार ६ सय ३५ जनाले दुवै (पहिलो-दोस्रो) मात्रा लगाइसकेका छन् । हालसम्म नेपालमा ४२ लाख ४८ हजार मात्रा (कोभिसिल्ड र भेरोसिल) खोप भित्रिएको छ । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ ।

‘कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरण गरिएको छ । सोही आधारमा खोप अभियान सञ्चालन हुनेछ ।’
डा. तारानाथ पोखरेल, निर्देशक, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग

‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार एनडीए भनेको खरिद प्रक्रियामा सर्त राख्नु हो । जनस्वास्वास्थ्य विज्ञहरूका अनुसार यो नन डिस्क्लोजर एग्रिमेन्ट एउटा कानुन सम्मत सम्झौता हो । जसले सम्झौताको गोपनीयता सम्बन्ध स्थापित गर्छ ।

यसैबीच, शुक्रवार देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ९१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १ सय ७९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, शुक्रबार थप ३ हजार ४ सय ५१ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । उनले जोखिमबाट बच्न भौतिक दूरी कायम गर्न र मास्कको समुचित प्रयोग गर्नपर्ने भन्दै हेलचेक्र्याइँ गर्न नहुने सुझाए ।

प्रशान्त वलीले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: कोरोना खोपकोरोनाविरुद्धको खोपखोपपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1015 shares
    Share 406 Tweet 254
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.