इटहरी : इटहरीबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १६ बाट प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लाको जोगवनी १० घर भई हाल मोरङको विराटनगर १० बरगाछीमा बस्दै आएका ३४ वर्षीय सुरज चौधरी रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शुक्रबार दिउँसो साढे १ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।
राईका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टेम्पोमा पछाडि सवार रहेका चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ८४ ग्राम बरामद गरेको थियो ।
पक्राउ परेका चौधरीउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post