झापा : प्रहरीले हरिणको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।
झापाको कचनकवल गाउँपालिका ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्रबाट हरिणको सिकार गरी छाला काडेर अवैध काम गरेको आरोपमा स्थानीय ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय समन टुडुलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा उनीहरुसहित अन्य ८ जना स्थानीयको संलग्नता रहेको प्रहरीले जनाएको छ । फरार रहेका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post