झापा : झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागेर बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागेर भुईँमा लड्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
भट्टराईको उपचारको लागि अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणका कर्मचारी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post