संखुवासभा : संखुवासभाको खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई अहिले खादबारीमा दिदीसगै बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
आज बिहान मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको प्रहरीको टोलीले मुकेस तामाङलाई नियन्त्रणमा लिएको थियो ।
पुरानो रिसीईबीको कारण आफ्नो घरमा आएको मौका छोपेर पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएर छोडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खादबारीले जनाएको छ ।














Discussion about this post