अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ ।
अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सोमवार बिहान खोप काठमाण्डौ आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरेको छ । यो खोप एक डोज लगाए पुग्छ ।
अमेरिकाले कम विकसित र विकासशील देशलाई दिने प्रतिबद्धता जनाएको आठ करोड डोज खोप अन्तर्गत ५० लाख डोज खोप तीन वटा देशका लागि पठाएको राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।














Discussion about this post