नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
उनको सम्झनामा हरेक वर्ष २९ असारमा धुमधामले भानु जयन्ती मनाइन्छ।
भानु जयन्तीमा विभिन्न कार्यक्रम गर्नुका साथै भानुका सालिकमा माल्यर्पण गरिन्छ। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले भर्चुअल माध्यमबाट पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
यस अवसरमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ ।
भानुभक्तको अर्को प्रसिद्ध कृति ‘वधुशिक्षा’ हो । यसैगरी भानुभक्त ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तले ऐतिहासिक योगदान गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ । उनले नेपालीमा अनुवाद गरेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।














Discussion about this post